Sunday, April 22, 2012


संविधान जारी नभए नयाँ आन्दोलन हुन्छः माओवादी सचिव गजुरेल

E-mail Printअमर खड्का, इटहरी, वैशाख ११- माओवादी सचिव हरिबोल गजुरेलले शीर्ष नेताहरुबीच अहिले भइरहेको वार्ताले संविधान निर्माणमा रहेका विवादहरुको टुङ्गो नलागे नयाँ सिराबाट आन्दोलन सुरु हुने र त्यसले माओवादीलाई नै फाइदा पुग्ने बताएका छन्। इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले भने, 'आन्दोलनले माओवादीलाई सत्तामा पनि पुर्‍याउँछ र हाम्रो लक्ष्य पनि पूरा हुन्छ।' 

संविधान नबनेको दोष माओवादीलाई लगाउने बहाना पनि माओवादीको सेना समायोजनसम्बन्धी ऐतिहासिक निर्णयका कारण असान्दर्भिक भइसकेको बताउँदै गजुरेलले आन्दोलन भए अहिले असन्तुष्टि जनाएर अलग्गिए जस्तो देखिएको वैद्य पक्ष पनि समाहित हुने विचार राखे।

Thursday, April 12, 2012

भगवान खनाल आँबुखैरेनी
तनहुँको आँबुखैरेनीको वडा नं। ६ मा चक्रपथ निर्माणाधीन छ । दिनहुँ बजारमा जनसंख्या चाप बढ्दै गई घर निर्माण लगायतका कामहरु तीब्र रुपमा बढ्दै गएकोले बजारको शहरी विकासको लागि चक्रपथ निर्माण गरिएको हो । चक्रपथ अन्तर्गत यहाँका भित्री बाटोहरु विस्तार नाली निर्माण सडक ग्राभेल र पिच गर्ने कार्य भइरहेको हो । स्थानीयहरुले आँबुखैरेनी चक्रपथ उपभोक्ता समिति बनाएर काम गरिरहेको समितिका अध्यक्ष ऋषी के।सीले बताए । चक्रपथको संजालले पृथ्वी राजमार्ग र गोरखा आँबुखैरेनी सडकलाई छुने भएको छ । चक्रपथ निर्माण पछि यहाँका भित्री वस्तीहरुमा आवतजावत सहज भएको छ । ,

रामशाह नजिकै विद्यालयमार्गमा भइरहेको नाली खन्ने काम ।

आँबुखैरेनीको व्यवस्थित सहरीकरणको लागि सरकारले समेत चासो दिएको अध्यक्ष के। सी बताउँछन् । गोरखास्थित साना शहरी विकास आयोजनाले गत वर्ष चक्रपथ निर्माणको लागि सात लाख रकम सहयोग गरेको उनले बताए । यसैगरी यस आर्थिक वर्षमा पनि आयोजनाले आठ लाख रुपैया दिएको छ । यस्तै दमौलीस्थित सडक डिभिजन कार्यालयले चालू आर्थिक वर्षमै व्यवस्थित सहरीकरणको लागि १२ लाख दिएको छ । यो वर्ष २० लाख बजेटमा काम गर्दैछौं केसीले भनें यो वर्ष विद्यालयमार्गमा नाली बनाउने र शिव मन्दिर र गुम्बा प्रवेशद्वारमा सडक पीच गर्दैछौं । गत वर्ष समितिले यहाँको भित्री वस्तीको सडक विस्तार गरेको थियो । सडक विस्तार गरी ग्राभेल गरिएको थियो । यसले वर्षौ अघिनै बाटो खुलेर पनि केही हुन नसकेकोमा बाटो सुधारमा मद्दत गरेको समितिका सचिव अनिल श्रेष्ठले बताए ।
आँबुखैरेनीको व्यवस्थित बजारीकरणको लागि सडक नालीसँगै ढलको पनि आवश्यकता रहेको श्रेष्ठले बताए । समितिले अगामी वर्षदेखि सरकारी सहयोग पाएमा ढलको लागि काम गर्ने उनी बताउँछन् ।

Friday, January 8, 2010

उच्च स्तरिय संयेन्त्र को निर्माण

संयन्त्र राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्क सुभारम्भ : नेताहरु

News by- Dinesh Badhu | From- Kathmandu | Jan 08, 2010

डिसीनेपाल डटकम संवाददाता - सत्तारुढदलका नेताहरुले काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आज बनेको तीन सदस्यीय संयन्त्र मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्क सुभारम्भ भएको बताएका छन । रिपोर्टस क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै काग्रेस नेता एवम् उर्जामन्त्री डा. प्रकासशरण महतले संयन्त्र निर्माण स्वागत योग्य कुरा भएको प्रतिकृया दिदै यसले मुलुकको मुल लक्ष्य संविधान निर्माण शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने विश्वास ब्यक्त गर्नु भयो । उहाले संयन्त्रको कामले सरकारलाई सजिलो र झनै मजबुत बनाउने दावी गर्दै सरकारलाई नियन्त्रण गर्न आएके' भन्ने भनाईलाई अस्विकार गरिदिनु भयो । उहाँको तर्क थियो यो सरकारमाथि हस्तक्षेप गर्ने अगं होइन् ।


राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समसेर जवराले पनि संयन्त्रको निर्माण राजनीतिक गतिरोधको अन्त्य तोकिएकै समयमा संविधान निर्माण गर्ने र शान्ति प्रकृयालाई निष्कस्रमा पुरयाउन सकारात्मक आरम्भ विन्दु भएको बताउनु भयो । उहाँले संयन्त्रलाई आफ्नो उद्देश्यमा सफल बनाउने हो भने यसमा अरु दललाई समेत समेटेर यसको दायरालाई फराकिलो र समावेसी बनाउनु पर्ने सुझाव दिनु भयो । उहाले माओबादीको ब्यवहार विरोधाभाषपूर्ण भएकोले आशंका भने कायमै रहेको टिप्पणी गर्नु' भयो ।