संयन्त्र राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्क सुभारम्भ : नेताहरु
News by- Dinesh Badhu | From- Kathmandu | Jan 08, 2010
डिसीनेपाल डटकम संवाददाता - सत्तारुढदलका नेताहरुले काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आज बनेको तीन सदस्यीय संयन्त्र मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्क सुभारम्भ भएको बताएका छन । रिपोर्टस क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै काग्रेस नेता एवम् उर्जामन्त्री डा. प्रकासशरण महतले संयन्त्र निर्माण स्वागत योग्य कुरा भएको प्रतिकृया दिदै यसले मुलुकको मुल लक्ष्य संविधान निर्माण शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने विश्वास ब्यक्त गर्नु भयो । उहाले संयन्त्रको कामले सरकारलाई सजिलो र झनै मजबुत बनाउने दावी गर्दै सरकारलाई नियन्त्रण गर्न आएके' भन्ने भनाईलाई अस्विकार गरिदिनु भयो । उहाँको तर्क थियो यो सरकारमाथि हस्तक्षेप गर्ने अगं होइन् ।
राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समसेर जवराले पनि संयन्त्रको निर्माण राजनीतिक गतिरोधको अन्त्य तोकिएकै समयमा संविधान निर्माण गर्ने र शान्ति प्रकृयालाई निष्कस्रमा पुरयाउन सकारात्मक आरम्भ विन्दु भएको बताउनु भयो । उहाँले संयन्त्रलाई आफ्नो उद्देश्यमा सफल बनाउने हो भने यसमा अरु दललाई समेत समेटेर यसको दायरालाई फराकिलो र समावेसी बनाउनु पर्ने सुझाव दिनु भयो । उहाले माओबादीको ब्यवहार विरोधाभाषपूर्ण भएकोले आशंका भने कायमै रहेको टिप्पणी गर्नु' भयो ।